नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार

अर्थकागज
प्रकाशित: ३० फागुन २०८२
Image description

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ । आज आइतबार नेप्से ४.४५ अंकले बढेर २८२४. ९० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५० कम्पनिका ३ करोड ९५ लाख ४९ हजार ३३ कित्ता शेयर १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ मा कारोबार भएको थियो । आज होटल्स, लगानीम जीवन बीमा, म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सालपा विकास बैंकको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै होटल फरेस्ट इनको शेयर ९.३३ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी दारम खोला हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर ५.१८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी ग्रीनलाइफ हाइड्रोको ८१ करोड बराबरको कारोबार भएको छ भने रिढी पावरको ६७ करोड ९६ लाख बराबरको कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रोको ६२ करोड ५५ लाख कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनिको ५५ करोड १३ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर