गण्डकी प्रादेशिक कार्यालय अमरसिंह चोक पोखराको समुद्घाटन
प्रकाशित:
२५ भदौ २०८१
पोखरा । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखराको कार्यालय आज समुद्घाटन गरिएको छ । कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा कार्यालयको विधिवत् रुपमा समुद्घाटन गरिएको हो ।
सो अबसरमा शुभकामना दिदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले व्यक्त गरेका छन् । सिइओ चंकी क्षेत्रीले सम्पुर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारी पुर्बक बिमालेख बुझाएर बेच्ने आग्रह गरेका छन् । समारोहलाई निसा गण्डकी बुद्दि प्रसाद अधिकारी, निसाका पुर्व संयोजक सुरेन्द्र बहादुर गोदार लगाएतले शुभकाना दिएका थिए । कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पुर्ण कर्मचारीको उपस्थीती रहेको थियो भने कम्पनी बारेमा नेशनलको अटिनेटर (सहायक महाप्रवन्धक) कविराज पौडेल बताएका थिए । प्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares