नेप्सेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज मंशिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
बैंकको ६.५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ७ सय १३ रुपैयाँ ६२ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा मंगलबारको अन्तिमा कारोबार मूल्य ७ सय ६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित १९ प्रतिशतका दरले नगद लाभांश सहित २५.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
बैंकको ३८ औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ।
Shares