एभरेष्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
प्रकाशित:
२६ भदौ २०८०
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बाँड्न लाभांश घोषणा गरेको छ ।
बैंकको आज भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट वितरण गर्ने २०.५३ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares