प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण

अर्थकागज
प्रकाशित: ३० असार २०८१
Image description

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमवार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए ।

साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर