मन्त्रिपरिषद्को बैठकका १८ निर्णय सार्बजनिक
प्रकाशित:
२३ मंसिर २०८२
काठमाडौं । मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेको छ । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares