यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल नियुक्त

अर्थकागज
प्रकाशित: १० असार २०८१
Image description

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभाबाट पारित हकप्रद सेयर निश्कासनको लागि लक्ष्मी सन्‌राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । २०८१ साल जेठ ३१ गते सम्पन्न भएको विशेष साधारण सभाबाट हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने एजेण्डा पारित भएको थियो ।

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यलय सुन्धारामा आज एक कार्यक्रमबीच सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर