युनिलिभर नेपालको ३२ औं बार्षिक साधारणसभा सम्पन्न, प्रतिकित्ता १८४२ रुपैयाँ लाभांश पारित
प्रकाशित:
२५ कात्तिक २०८२
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको ३२ औं बार्षिक साधारणसभा आज द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ ।
सभाले प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षक नियुक्त गर्ने, सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदान लगायतका प्रस्तावहरु पारित गरेको छ । त्यस्तै, सभाले संस्थापक शेयरधनीको नामा सिबक्रिम होल्डिङ्गस प्राइभेट लिमिटेडबाट आईजे ग्रुप होल्डिङ्गस प्राइभेट लिमिटेडमा परिवर्तन भएकोले सोही अनुसार नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares