नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०१ भदौ २०८२
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडलेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रकेको छ ।

कम्पनीले साउन ६ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाखको ३४.७८३ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको थियो ।

हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर