सिद्धार्थ बैंकले बोलायो साधारणसभा
प्रकाशित:
१३ कात्तिक २०८०
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले मंसिर ५ गते मंगलबार आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजे बार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । कात्तिक २० गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares