कामना सेवा विकास बैंकको लाभाशं घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
२७ भदौ २०८१
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफावाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । जसमा ७ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि १२ प्रतिशत लाभाशं रहेको छ । उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व.२०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो । बैंकको शुक्रवार वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares