सिलीगुडीमा कविहरुको दुई दिने भव्य जमघट, उदयपुरको पर्यटन प्रवद्र्धनमा जोड
प्रकाशित:
१४ मंसिर २०८०
भारतको पश्चिम बंगाल स्थित दार्जिलिङ जिल्लाको सिलीगुडीमा नेपालका साहित्यकारहरू भव्य जमघटका साथ दुई दिन आफ्ना रचना सहित गुञ्जिएका छन् । दुबै दिनको कवि गोष्ठीमा उदयपुरका कवि माधव पोखरेल गोज्याङ्ग्रेले उदयपुर जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने रौतामाई पोखरीको कविता सुनाएर सो कार्यक्रममा उपस्थित भएका भारतीय साहित्यकारहरुलाई उदयपुरको भ्रमण गर्न निम्तो दिएका थिए ।
सिलीगुडीको सालबारीमा पहिलो दिन र सिलीगुडी कै प्रधाननगर स्थित होटल लोफ्थामा दोस्रो दिन नेपाली कविहरुले अत्यन्त मनमोहक तवरले रचना बाचन गरेर उपस्थित दर्शक श्रोताहरुलाई मन्त्र मुग्ध बनाएर फर्किएका छन् ।
पहिलो दिन सिलीगुडीको सालबारी स्थित शब्द समय नामक साहित्यिक अभियानको १२४ औ प्रकरणमा भएका कार्यक्रममा नेपालको उदयपुरबाट माधव पोखरेल गोज्याङ्ग्रे, सुनसरीबाट डमरूबल्लभ भण्डारी, रमेन्द्र कोइराला, राधा सुवेदी लगायतका थिए ।
यसैगरी मोरङका नाटककार तथा कवि भरत गुरागाई बर्बरिक, गायत्री गुरागाई, प्रिन्स प्रमोद ढकाल, चिरञ्जीवी काफ्ले, छत्र काफ्ले, शकुन्तला भण्डारी, पुष्पा नेपाल सुवेदी, शारदा भण्डारी दाहाल रहेका थिए ।
झापाबाट खेमलाल पोखरेल, गोपाल सङ्ग्रौला ,भगवती ढुङ्गेल, शेर बहादुर थापा, समीक्षक दीपक सुवेदी लगायतका साहित्यकारहरूले कविता वाचन गरेका थिए ।
सिलीगुडी सालबारी क्षेत्रका साहित्यकारहरु शैलेन्द्र समदर्शी, कालसिंह रणपहेली, ज्ञानेन्द्र खतिवडा, परालको आगो चलचित्रका नायक टङ्क शर्मा, मोहन सिंह ठकुरी, डा.सञ्जय वान्तवा,खडकराज गिरी, र्मिल सेन्चुरी,मणि कुमार प्रधान,डा. साङ्मु लेप्चा, कविता भट्टराई,मोनिका प्रधान, डा. जगन्नाथ उपाध्याय, जीत बहादुर सुनार, सुभाष क्षेत्री, गंगा प्रधान, पूर्ण मगर लगायतका कविहरुले रचना वाचन गरेका थिए ।
नेपाल भारतका साहित्यकारहररू बिचमा सम्बन्ध जोड्ने र एकापसमा साहित्यिक गतिविधिलाई अघि बढाएर नेपाली भाषा संस्कृतिलाई संरक्षण, सम्वद्र्वनका साथै आउदो पुस्तालाई यसको आवश्यकता महत्व र औचित्यका बारेमा जानकारी होस भन्ने हेतुले नेपाली साहित्यकारहरूलाई बोलाएर कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको थियो ।
Shares