नेपाल ल्यूव आयलमा नेपालका ठूला व्यवसायी चौधरीदेखि खेतानसम्मको लगानी, कसको कति सेयर स्वामित्व ?

अर्थकागज
प्रकाशित: १७ असोज २०८३
Image description

काठमाडौँ । नेपाल ल्यूव आयल लिमिटेड ०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयर सदस्यहरु १४ वटा रहेका छ । जसमा विभिन्न संस्था र व्यक्ति रहेका छन् । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार ए.बि.बि. इन्भेष्टमेन्ट प्रा. लि. को सवै भन्दा धेरै सेयर स्वामित्व रहेको छ । जसको कुल शेयर ३९.९२ प्रतिशत छ । सरकारी तथा सार्वजनिक संस्थानहरूतर्फ नेपाल आयल निगमको १४.५० प्रतिशत, हिमाल सिमेन्टको ४.२३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.६१ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ४.२३ प्रतिशत र नेपाल ट्रेडिङ लिमिटेडको २.८१ प्रतिशत शेयर स्वामित्व रहेको देखिन्छ।   

व्यक्तिगत तथा अन्य संस्थागत लगानीकर्ताहरूमा करण कुमार चौधरीको ५.६८ प्रतिशत, अरुण कुमार चौधरीको ५.१४ प्रतिशत, मन्दिरा अमात्य जोशीको ४.१२ प्रतिशत, श्री हिमालयन इन्टरप्राइजेज प्रा. लि.को १.०८ प्रतिशत, शीला चौधरीको १.१० प्रतिशत, राजेन्द्र कुमार खेतानको १.०७ प्रतिशत र विजय बहादुर श्रेष्ठको ०.६० प्रतिशत शेयर रहेको छ। यस्तै, सर्वसाधारण तथा अन्य लगानीकर्ताहरूको भागमा १२.२९ प्रतिशत शेयर रहेको रहेको छ । 

०.५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुने सेयधरनीहरु



प्रतिक्रियाहरू

सम्बन्धित खबर