हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड
काठमाडौं । हाथवे
इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी
गरेको आइपीओ (आज) बिहीबार बाँडफाँड भएको छ ।
ग्लोबल आईएमई क्यापिटलको
नक्साल स्थित क्यापिटलको आफ्नै कार्यालयमा सेयर बाँडफाँड गरेको हो ।
कम्पनीले साउन ४ देखि साउन
१८ गतेसम्म वैदेशिक रोजगारीमा
रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले प्रति कित्ता ५०
रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका
नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।
अब कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ । कम्पनीले सर्वसाधारणलाई
२४ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने
छ ।
नेपाल धितोपत्र बोर्डले
असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो
सेयरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको
आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।
कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।
Shares