होटल फरेष्ट इनको आईपीओ बाँडफाँट, तपाईंलाई पर्यो कि ? यसरी हेर्नुहोस्
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले माघ २२ गतेदेखि २६ गतेसम्म निकाष्शन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट हो ।
उक्त कम्पनीको शेयर ३ लाख ३२ हजार जनाले १०–१० कित्ताका दरले पाएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र मेरोसेयर एकाउन्ट बाट आईपीओको नतिजा हेर्न सक्नेछन् । त्यस्तै, सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिनेछ ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपियाँको २० प्रतिशत हिस्सा बराबर हुने ४० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको कुल मूल्य ४० करोड रुपियाँ हुन्छ । सोमध्ये ४ लाख कित्ता सेयर विदेशमा कार्यरत नेपालीहरूका लागि, दुई लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याई वितरण गरिसकिएको छ ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बाँकी ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसको कुल मूल्य ३३ करोड २० लाख रुपियाँ बराबर हुन्छ ।
प्रतिक्रियाहरू
Saroj Kaarkee
2 months ago
मेरो हेरिदिनु होस न
Saroj Kaarkee
2 months ago
मेरो हेरिदिनु होस न
Kamal bahadur sahakari
2 months ago
Mero हेर्दिनुहोस
Tirtha Khatiwada
2 months ago
परो
Shares