कर्णाली विकास बैंक समस्याउन्मुख, निक्षेप लिन र कर्जा दिन रोक

अर्थकागज
प्रकाशित: ११ मंसिर २०८१
Image description

काठमाडौं । कर्णाली विकास बैंक समस्यामा देखिएपछि बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ ।

बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको हो ।

‘संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोरा सर्वसाधारणमा जानकारी गराइन्छ’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर