सुनवलमा 'सर्वोत्तम इमर्जेन्सी अस्पताल' निर्माण सुरु, सर्वोत्तम सिमेन्टद्वारा करिब ४ करोडको स्वास्थ्य पूर्वाधार सहयोग

अर्थकागज
प्रकाशित: २८ वैशाख २०८३
Image description

नवलपरासी । सामाजिक उत्तरदायित्व (CSR_  अन्तर्गत सर्वोत्तम सिमेन्टले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सुविधा सम्पन्न 'सर्वोत्तम इमर्जेन्सी अस्पताल' निर्माण कार्य सुरु गरेको छ । सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सुनवल नगरपालिका–५ मा अस्पताल भवनको शिलान्यास सम्पन्न गरिएको हो ।

कोभिड–१९ महामारीको कठिन समयमा सर्वोत्तम सिमेन्ट र सुनवल नगरपालिका बीच अस्पताल निर्माणसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन नगरप्रमुख भिमबहादुर थापाको कार्यकालमा सुरु गरिएको उक्त प्रतिबद्धता अब मूर्त रूप लिन थालेको हो ।

सर्वोत्तम सिमेन्टले महामारीको समयमा नगरपालिकालाई १७ वटा भेन्टिलेटर समेत उपलब्ध गराएको थियो । निर्माण सम्पन्न भएपछि ती उपकरणहरूको आवश्यक सर्भिसिङ गरी अस्पतालमै व्यवस्थापन गरिने कम्पनीले जनाएको छ ।

लिफ्टसहितको तीनतले अस्पताल करिब ४ करोड रुपैयाँ लागतमा निर्माण गरिनेछ । निर्माणको सम्पूर्ण खर्च सर्वोत्तम सिमेन्टले नै व्यहोर्नेछ । कम्पनीका महाप्रबन्धक नेत्र प्रसाद घिमिरेका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गरी अस्पताल सुनवल नगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

बालमैत्री तथा अपाङ्गमैत्री डिजाइनमा निर्माण गरिने अस्पतालमा आवश्यक स्वास्थ्य उपकरणहरू समेत उपलब्ध गराइनेछ। साथै, अस्पताल सञ्चालनपछि मर्मत–सम्भारको जिम्मेवारी समेत कम्पनीले नै लिने जनाएको छ ।

सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले यसअघि जग्गा अभावका कारण परियोजना अघि बढ्न नसकेको उल्लेख गर्दै हाल आवश्यक जग्गा उपलब्ध भएपछि निर्माण प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण हुन लागेको यस अस्पतालले सुनवल क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

सर्वाेत्तम सिमेन्टको बारेमा

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दै तथा लोकप्रियता कमाउँदै आएको छ । साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आप्mनो सत प्रतिशत लगानी रहेको सहायक कम्पनी सर्वाेत्तम होल्डिंग प्रा. लि. मार्पmत झापा भद्रपुरमा रहेको ३०० टन प्रति दिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल सर्वाेत्तम सिमेन्ट ईष्ट प्रा. लि. का नाममा उत्पादन सुरु गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर