सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई पाँच लाख सहयोग प्रदान

अर्थकागज
प्रकाशित: २३ माघ २०८१
Image description

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसन लाई रु पांच लाख आर्थिक सहायता प्रदान गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तानतरण गरेका हुन् ।  सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

कम्पनिले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर