अपि पावरले ५० मेगावाटको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना खरिद गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना खरिद गर्ने भएको छ ।
कम्पनीको साउन २७ गते बसेको संचालक समिती बैठकले श्री दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी तथा उक्त कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको हो ।
दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेडद्वारा लमजुङ्ग जिल्लामा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजनाको आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट संचालन गर्न मनासिब देखिएकोले उक्त कम्पनीमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहनेगरी कम्पनी संचालन गर्ने निर्णय भएको अपि पावरले जनाएको छ ।
Shares