शिखर इन्स्योरेन्सको नाफासंगै प्रतिसेयर आम्दानीमा उछाल
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।
यस अवधिमा कम्पनीले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले १ अर्ब ५६ करोड १२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १३.३२ प्रतिशतले बढि हो । खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ।
२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।
Shares