आजसम्म कायम सेयरधनीले मात्र सन नेपाल लाइफ इन्स्योरेन्सको बम्पर लाभांश पाउने
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भोली वैशाख २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ त्यसैले आज वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १।२५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको ७ औँ वार्षिक साधारण सभा आगामी जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रियाहरू
पेम्बा गेल्बु शेर्पा
2 years ago
Bonus share
Shares