सुपरमाई हाईड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १६ मंसिर २०८१
Image description

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १७ गते बुकक्लोज गर्दैछ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले मंसिर २८ गते, शुक्रबार, लिसरा रिसेप्सन्स् प्रा. लि., नक्साल काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो ४ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर