करिब ३१ प्रतिशतले बढ्यो नेपाल लाईफ इन्स्योरेन्सको नाफा, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: २८ साउन २०८१
Image description

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.८१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.८६ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा समेत १२.३४ प्रतिशतले बढेको छ ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ९ करोड रुपैयाँ रिटेन्ड अर्निङ्गमा ५ अर्ब २८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ९८.९९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर