नेपाल लाइफको आकर्षक लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८२
Image description

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल २१।०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले वितरण गर्न प्रस्ताव गरेका लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर तथा १६.०५ प्रतिशत नगद लाभांश ९कर प्रयोजनार्थसहित० रहेका छन्।

इन्स्योरेन्सको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले प्रस्तावित दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर