मधुवन नगरपालिकाद्धारा बर्दिया आँखा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
प्रकाशित:
३२ साउन २०८०
बर्दियाको मधुवन नगरपालिकाले नेपाल नेत्रज्योति संघ, बर्दिया आँखा अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले आज एक कार्यक्रमकाबिच शुक्रबार अस्पताल व्यबस्थापन समितीका अध्यक्ष कमानसिंह वलिलाई उक्त स्वास्थ्य उपकरण हस्तान्तरण गरेका हुन् ।
अस्पतालका व्यवस्थापक अनिल न्यौपानेका अनुसार पालिकाले करिब ३ लाख ५० हजार मूल्य बराबरको सिट ल्याम्प उपलब्ध गराएको हो । संघले देशैभरी विभिन्न स्थानिय निकायहरुसंगको सहकार्यमा नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares