दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

अर्थकागज
प्रकाशित: २० असोज २०८०
Image description

काठमाण्डौ ।  दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । मुख्य गरी दशैँका लागि नयाँ नोटको माग उच्च हुने गरेको छ ।

प्रतिक्रियाहरू

Duryodhan lama

2 years ago

Naya linu parla ramro ho dasai ma naya note prdhan garnu.

सम्बन्धित खबर