सेयरधनीलाई ५.२६% लाभांश दिएको सिटिजन लाईफको सिईओ पौडेलको तलव भत्ता १ करोड १६ लाखमाथि, व्यवस्थापन खर्च ७० करोड ४५ लाखबढी

अर्थकागज
प्रकाशित: ०७ माघ २०८०
Image description

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७९/२०८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई १ करोड १६ लाख ९८ हजार ४९७ रुपैयाँ खर्च गरेको छ ।

कम्पनीको सिईओमा पोषकराज पौडेल रहेका छन् । गत आर्थिक वर्षमा सिइओ पौडेलले निश्चित वार्षिक तलब तथा भत्ता वापत ८२ लाख ६७ हजार ७८३ रुपैयाँ, कर्मचारी बोनस वापत १२ लाख ५३ हजार ५७३ रुपैयाँ, प्रोत्साहन सुविधा (इन्सेन्टिभ) वापत २१ लख ४५ हजार रुपैयाँ, कार्यकारी प्रमुखको दुर्घटना बीमा वापत २५ हजार ३९१ रुपैयाँ र कार्यकारी प्रमुख र निजको परिवारको स्वास्थ्य बीमा वापत ६ हजार ७५० रुपैयाँ गरी कुल १ करोड १६ लाख ९८ हजार ४९७ रुपैयाँ बुझेको छन् ।

त्यसै गरी कम्पनीले अन्य प्रबन्धक तथा व्यवस्थापनका पदाधिकारीहरुको तलव भत्ता २ करोड ८८ लाख ४९ हजार ६३४ रुपैयाँ खर्च गरेको छ । त्यसै गरी कम्पनीले संचालक समितिको बैठक भत्ता वापत १८ लाख १० हजार रुपैयाँ खर्च गरेको छ ।

त्यसै गरी कम्पनीको कर्मचारी खर्च २६ करोड ७६ लाख ९९ हजार ६१९ रुपैयाँ रहेको छ । कम्पनीको अन्य व्यवस्थापन खर्च ४३ करोड ६८ लाख १४ हजार ४१३ रुपैयाँ रहेको छ । कर्मचारी खर्च र अन्य व्यवस्थापन खर्च गरी कुल ७० करोड ४५ लाख १४ हजार ३२ रुपैयाँ रहेको छ ।

कम्पनीको सातौ वार्षिक साधारणसभा माघ १४ गते आम्रपाली ब्याङ्कवेट, भाटभटेनी, नक्साल काठमाडौंमा हुँदैछ । सभाले ५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर