तथ्यहीन एवं भ्रामक समाचार प्रकाशन गरे सानिमा बैंकले कानूनी कारबाही अघि बढाउने
काठमाडौं । तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न अनलाइन संचार माध्यमलाई सानिमा बैंकले आग्रह गरेको छ । विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न संचार माध्यममा आएको कर्जा सम्बन्धी समाचारमा सत्यता नभएको बैंकका सेयरधनी, ग्राहकवर्ग, नियामक निकाय तथा सर्वसाधारणमा सुसूचित गराउन चाहेको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्नु हुन सवैलाई अनुरोध सँगै यस्ता भ्रामक गतिविधिका विरुद्ध बैंक कानूनी कारवाहीको प्रक्रिया समेत अघि बढाउन बाध्य हुने बैंकले जनाएको छ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares