कुमारी क्यापिटलका दुई योजनाको लाभांश घोषणा, कुन योजनाको कति लाभांश ?
प्रकाशित:
१० भदौ २०८१
काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन्। कुमारी बैंक लिमिटेडद्वारा कोष प्रबर्द्धन तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित “कुमारी इक्वीटी फण्ड” र “कुमारी धनवृद्धि योजना” ले लाभांश घोषणा गरेका हुन् ।
भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड रा कुमारी धनबृद्धि योजना का इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत– ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares