अर्थ कागजको प्रभाव : सेयरधनीको चर्काे बिरोधपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संचालकको बैठक भत्ता बृद्धिको एजेण्डा फेल !
काठमाडौं । सेयरधनीले सभा हलमा चर्काे विरोधपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समिति र उपसमितिको बैठक भत्ता बृद्धिको एजेण्डा संचालक समितिले फिर्ता लिएको छ । केही दिन अघि अर्थ कागजले सेयरधनीलाई राम्रो प्रतिफल दिन नसक्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संचालक र उपसमितिको बैठक भत्ता ५० प्रतिशत बढाउँदै भन्ने शिर्षकमा समाचार लेखेको थियो ।
अर्थ कागजको त्यही समाचारको प्रभावले आज सम्पन्न साधारणसभामा बोल्ने १८ जना सेयरधनीले संचालक समितिको बैठक भत्ता रोक्न संचालक समितिका अध्यक्षलाई आग्रह गर्नुका साथै नरोकेको खण्डमा विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष मनोहर दास मूलले संचालकको बैठक भत्ता बढाउने एजेण्डा स्थगित भएको घोषणा गरेका थिए ।
आगामी वर्ष डबल डिजिटमा लाभांश दिने घोषणा गरेका अध्यक्ष मनोहर दास मूलले संचालक समितिको बैठक भत्ता पनि अर्काे वर्ष बढाउने गरी स्थगित गरेको सभामा सुनाएका थिए । कम्पनीले जहिले सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्छ, त्यहीलै संचालक समितिको बैठक भत्ता बढाउन सभामा सेयरधनीले संचालकलाई आह्वान गरका थिए ।
हाल संचालक समितिको बैठक बस्दा अध्यक्षलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ र संचालक समितिका सदस्यहरुलाई प्रति बैठक भत्ता १० हजार रुपैयाँ रहेको छ । त्यसै गरी समिति वा उप समितिका संयोजक तथा सदस्यहरुको बैठक बस्दा संचालकहरुले पाए सरह प्रति बैठक १० हजार दिदै आइरहेको छ । कम्पनीले अहिले खाईपाई आएको तलव भत्तामा ५० प्रतिशत बैठक भत्ता बढाउने तीन महले कम्पनीले अघि सारेको थियो । जुन सेयरधनीको चर्काे विरोधपछि सभाबाट स्थगित भएको छ ।
प्रतिक्रियाहरू
Narendra Man shrestha
2 years ago
कम्पनी ले भत्ता दियन कि क्या हाे वक्ताहरुलाइ
सुर्यमणी भेट्वाल
2 years ago
हाल उपलब्ध गराइरहेको बैठक भत्ता पनि धेरै नै हो त्यसमा आधा घटाएर दिनु पर्छ
Shares