नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाउने

अर्थकागज
प्रकाशित: १८ भदौ २०८१
Image description

काठमाडौँँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ६६ हजार कित्ता सेयर लिलामी बढाबढ प्रक्रियाबाट बिक्रि गर्ने भएका छन् । आज बुधबार एक सूचना जारी गर्दै इच्छुक योग्य सबै व्यक्ति तथा संस्थाहरुले आवेदन दिन आग्रह गरिएको छ।

संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ६६ हजार ५६६ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् । उक्त सेयरमा इच्छुक आवेदकहरुले बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।

यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले असोज २ गते भित्र कम्पनीको बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटल काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्नेछन् ।


प्रतिक्रियाहरू

Santosh k.c

1 year ago

Best

Kedar Shiwakoti

1 year ago

How to apply

Kedar Shiwakoti

1 year ago

How to apply

Upendra Bahadur karki

1 year ago

Kasrai nibedan dine

Saroj paudel

1 year ago

I want tooo be

सम्बन्धित खबर