सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ अवार्डबाट सम्मानित
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘डिजिटल फर्स्ट बैंकिङ’ विधामा विशेष सम्मानबाट पुरस्कृत भएको छ। बैंकले डिजिटल बैंकिङ सेवा विस्तार, नवप्रवर्तन र उत्कृष्ट ग्राहक अनुभव प्रदान गरेको योगदानका आधारमा उक्त अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो।
अनुभव उपलब्ध गराउने लक्ष्यसहित विभिन्न डिजिटल सेवाहरू विस्तार गर्दै आएको छ। मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल क्रेडिट कार्ड तथा डिजिटल खाता सञ्चालनजस्ता सेवामार्फत बैंकले ग्राहकलाई छिटो, सरल र सुविधाजनक सेवा प्रदान गरिरहेको छ।
बैंकका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मानले डिजिटल बैंकिङ क्षेत्रमा अझ प्रभावकारी सेवा विस्तार गर्न प्रेरणा प्रदान गरेको छ। यसले ग्राहक केन्द्रित सेवा, प्रविधिमैत्री बैंकिङ प्रणाली तथा नवप्रवर्तनलाई थप मजबुत बनाउने विश्वास बैंकले लिएको छ।
सिद्धार्थ बैंकले आगामी दिनमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणाली विस्तार, व्यावसायिक साझेदारी सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा केन्द्रित रहने जनाएको छ।
बैंकका अनुसार प्राप्त सम्मानले ग्राहकहरूप्रतिको संस्थागत प्रतिबद्धतालाई थप सशक्त बनाउनुका साथै भविष्यमा अझ गुणस्तरीय र प्रविधिमैत्री सेवा प्रदान गर्न ऊर्जा थपेको छ।
Shares