नेशनल लाईफ इन्स्योरेन्सको सिईओको तलव/भत्ता १ करोड २१ लाख, व्यवस्थापन खर्च १ अर्ब ३७ करोडमाथि
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव/ भत्ता बापत १ करोड २१ लख ७२ हजार ८ सय रुपैयाँ खर्च गरेको छ । कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सिईओलाई तलव /भत्ता संचय कोष तथा अन्य सेवा सुविधा सहित एक मुष्ट उक्त रकम दिएको उल्लेख छ । कुन शिर्षकमा कति रकम दिएको भने खुलाएको छैन् । कम्पनीको सिइओमा अहिलेका बीमा क्षेत्रका चर्चित व्यक्ति सुरेश प्रसाद खत्री रहेका छन् । त्यसै गरी कम्पनीले उक्त आर्थिक वर्षमा संचालक समितिका सदस्यहरुलाई (उपसमितिको बैठक भत्ता समेत गरी) बैठक भत्ता वापत ४२ लाख ४६ हजार ५ सय रुपैयाँ खर्च गरेको छ । त्यसै गरी कम्पनीले व्यवस्थापनका अन्य पदाधिकारीहरुलाई तलव र भत्ता वापत १ करोड ३२ लाख २ हजार १८५ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले यस आर्थिक वर्षमा कर्मचारीको बोनस सहित ४४ करोड ६५ लाख २ हजार ९८४ रुपैयाँ, अन्य व्यवस्थापन खर्च ९३ करोड २१ लाख ६१ हजार ३५३ रपैयाँ गरी कुल व्यवस्थापन खर्च १ अर्ब ३७ करोड ८६ लाख ६४ हजार ३३७ रुपैयाँ रहेको छ ।
Shares