कुमारी बैंकको ‘तिहार र छठ पर्वमा क्यासब्याक अफर’ योजना

अर्थकागज
प्रकाशित: १९ कात्तिक २०८०
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंक लिमिटेडले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ ।

यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ्ग मार्फत QR र पहिलो ५० जनालाई कार्डबाट भुक्तानि कारोबार गर्दा बैंकद्वारा २५% अधिकतम ५०१ रुपैया सम्म Cash back  दिइने छ ।

Cash back रकम POS, QR Payment  तथा POS, QR Payment  बाट गरीने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको यस अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ्ग एकाइहरू सहितको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर