नेप्सेमा दुई लघुवित्तको सेयर मूल्य समायोजन
प्रकाशित:
१४ मंसिर २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको १३.७७५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २ हजार ९२४ रुपैयाँ १९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा बिहीबारको अन्तिमा कारोबार मूल्य ३ हजार ३२७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
त्यस्तै फरवार्ड माइक्रोफाइनान्सको १३.३३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ५३२ रुपैयाँलाई आधार मानेर भाउ समायोज गरिएको हो । समायोजन पछिको मूल्य १ हजार ३५२ रुपैयाँ १६ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares