सूचना प्रविधिको प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४’ शुभारम्भ

अर्थकागज
प्रकाशित: २४ माघ २०८०
Image description

काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा बिहीवारदेखि क्यान इन्फोटेक २०२४ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा पाँच दिनसम्म सञ्चालन हुने क्यान इन्फोटेकको यो २९औं संस्करण हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल एपको प्रयोगमार्फत क्यान इन्फोटेको औपचारिक उद्घाटन गरिन् । समुद्घाटनको अवसरमा दुई ओटा ड्रोनबाट झाकीसमेत प्रस्तुत गरिएको थियो, यसअन्तर्गत पहिलो ड्रोनबाट पुष्प वृष्टि र दोस्रो ड्रोनबाट लिडबोर्ड सहित आकाशमा क्यान इन्फोटेक शुभाराम्भ सन्देश सहितको भिडिओ प्रदर्शनी गरिएको थियो ।

समारोहमा बोल्दै मन्त्री शर्माले क्यान इन्फोटेकको भव्य सफलताको शुभकामना दिँदै सरकारको तर्फबाट सधैं साथ रहने बताइन् । सूचना प्रविधिको विकासका लागि तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारी गर्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘‘सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’’ मन्त्री शर्माले भनिन्, ‘‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु ।’’ सूचना प्रविधिको विकासका लागि सरकार आवश्यक कानूनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताउँदै मन्त्री शर्माले नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरेर कार्यान्वायनमा ल्याइएको र डेटा सुरक्षा, साइबर सुरक्षालगायतका क्षेत्र समेटेर सूचना प्रविधिसम्बन्धी कानूनको तयारी भइरहेको जानकारी दिइन् । उनले नेपाल सरकारले आयोजना गर्ने डिजिटल च्याम्पियन कार्यक्रममा निजी क्षेत्रको तर्फबाट क्यान महासंघसँग सहकार्य गर्ने पनि बताइन् । var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर